आज सुनचाँदीको बजार मूल्य  स्थिर

काठमाडौं। नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य यथावत रहेको हो। महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छ। शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो।यस्तै, आज चाँदीको मूल्य स्थिर रहेको छ। आइतबार चाँदी १ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो।