सुन घट्दा चाँदी नयाँ रेकर्डमा

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदी हालसम्मकै उच्च स्तरमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर एक लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार यसै सुनको मूल्य एक लाख ९७ हजार ५०० रुपैयाँ थियो ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर दुई हजार ३५५ रुपैयाँमा पुगेको छ । आइतबार यसै चाँदी तोलाको मूल्य दुई हजार ३५० रुपैयाँ थियो । यस दिन चाँदीले गत साउन ७ गते कायम गरेको प्रतितोला दुई हजार ३५० रुपैयाँको स्तर तोड्दै नयाँ रेकर्ड कायम गरेको हो ।