काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ फेरि किर्तीमानी स्तरमा पुगेको छ। बुधबार प्रतितोला १ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ७० हजार ९५५ रुपैयाँ तोकिएको छ। यससँगै नेपाली बजारमा सुनको भाउ यसअघि साउन २३ गते पुगेको किर्तीमानी मूल्य बराबरी भएको हो। त्यसपछि ओरालो लागेको सुनको मूल्य फेरि उकालो लाग्दै किर्तीमानी स्तरमा पुगेको छ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। प्रतितोला चाँदी १० रुपैयाँले बढेर २ हजार ३५५ रुपैयाँ पुगेको छ भने प्रति १० ग्राम चाँदी २ हजार १९ रुपैयाँ तोकिएको छ।