सुनको मूल्यमा गिरावट

काठमाडौँ । आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार प्रतितोला १ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १ सय रुपैयाँले घटेर तोलाको १ लाख ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ६८ हजार ६ सय ४० रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ भने तोलामा २० रुपैयाँले बढेर प्रतितोला २ हजार ३ सय २५ रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ९ सय ९३ रुपैयाँ ५० पैसा तोकिएको छ ।