
एजेन्सी – शीर्ष स्थानको लिभरपुल इंग्लिस
प्रिमियर लिगको अंक तालिकामा थप मजबुत भएको छ।
इन्ज्युरी समयमा २ गोल गर्दै
लिभरपुलले शनिवार ब्रेन्टफोर्डलाई २-० ले हरायो।अर्को खेलमा २-० को अग्रता जोगाउन
नसकेपछि आर्सनलले एस्टन भिल्लासँग २-२ को बराबरी खेलेको छ।
ब्रेन्टफोर्डविरुद्ध लिभरपुलका लागि
दुवैको डार्विन नुनेजले गरे। उनले इन्ज्युरी समयको पहिलो र तेस्रो मिनेटमा गोल
गरे।आर्सनलले गाब्रियल मार्टिन्लीको गोलबाट ३५ औं मिनेटमा अग्रता बनायो । काइ
हावर्ड्जले ५५ औं मिनेटमा गोल गरेपछि आर्सनल २-० ले अघि बढ्यो ।तर टोलीले अग्रता
जोगाउन सकेन । भिल्लाका लागि योरी टिलेमान्सले ६० औं मिनेटमा गोल गरे । वली
वाटकिन्सले ६८ औं मिनेटमा गोल गरेपछि एस्टन भिल्लाले आर्सनललाई बराबरीमा रोक्यो ।
लिभरपुलको २१ खेलबाट ५० अंक पुगेको
छ। ११ औं स्थानको ब्रेन्टफोर्डको २८ अंक छ। दोस्रो स्थानको आर्सनलको २२ खेलमा
४४ अंक र सातौं स्थानको एस्टन भिल्लाको ३६ अंक छ।अन्य खेलमा फुलह्यामले लेस्टर
सिटीलाई र क्रिस्टल प्यालेसले वेस्ट ह्यामलाई समान २-० ले हरायो।