नुवाकोटमा प्रथम खेलकुद तथा पर्यटन महोत्सव माघ २७ देखि सुरू हुदै

पिपलटार फुटबल क्लबको आयोजना र जालपा मिडिया सर्भिसको व्यवस्थापनमा आगामी माघ २७ गतेदेखि फागुन ७ गतेसम्म बिदुर नगरपालिका वडा नम्बर ५,पिपलटारमा प्रथम बिदुर खेलकुद तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ।महोत्सवमा विभिन्न प्रतियोगितात्मक खेलकुद गतिविधिहरु, लोकनृत्य, स्थानीय उत्पादनहरुको प्रदर्शनी, लोपोन्मुख रीतिरिवाज र संस्कृति झल्कने झाँकीहरु, चर्चित कलाकारहरुको सांगितिक र मनोरञ्जनात्मक प्रस्तुतिहरु  समावेश गरिने भएको छ।उक्त कार्यक्रम ११ दिनसम्म सञ्चालन हुने यस महोत्सवमा करिब ७० हजारले अवलोकन गर्ने र दुई करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने आकलन गरिएको छ।