सजिलो नेपाली राइडमा क्याप्टेन विजय लामा सह–संस्थापक

काठमाडौं । नेपाली राइड शेयरिङ प्लेटफर्म सजिलोमा क्याप्टेन विजय लामा सह–संस्थापकका रूपमा औपचारिक रूपमा जोडिएका छन् । काठमाडौं बिहीबार आयोजित कार्यक्रममा सजिलो साथीले आफ्नो यो महत्त्वपूर्ण कदमको घोषणा गरेको हो ।सन् २०२२ मा स्थापना भएको सजिलो साथीले (सजिलो नेपाली राइड शेयरिङ एप )ले पहिलो चरणमा काठमाडौं उपत्यकामा सेवा प्रदान गर्दै आएको छ । कम्पनीले चाँडै नै देशभर आफ्नो सेवा विस्तार गर्ने लक्ष्य राखेको छ । कार्यक्रममा आफ्नो  धारणा दिनुहुदै  सह–संस्थापक तथा प्रबन्ध निर्देशक दिवाकर खनालले नेपालमै पहिलो पटक जियो बेस्ड फेयर सिस्टम लागू गर्न लागेको जानकारी दिए ।

 यससँगैकम्पनीले वातावरणमैत्री प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) प्रणालीलाई प्राथमिकता दिएको छ । सजिलो नेपाली राइड–शेयरिङ एपले यात्रु र चालक दुवैको सुरक्षालाई ध्यानमा राख्दै शिखर इन्स्योरेन्ससँग सहकार्य गरी बिमा सुविधा प्रदान गरिरहेको छ । बिमाले प्रत्येक यात्रा सुरक्षाको प्रत्याभूति मात्र गर्दैनआवश्यकता परेको खण्डमा तत्काल आर्थिक सहयोगसमेत उपलब्ध गराउँछ ।कार्यक्रममा बोल्दै क्याप्टेन विजय लामाले सुरक्षितसुलभ र सहज यात्राको अवधारणालाई प्राथमिकता दिँदै कम्पनीलाई प्रतिस्पर्धात्मक रुपमा  नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे । ‘हामी विदेशी एपमा निर्भर नभई आफ्नै एप प्रयोग गर्नेछौं,’ उनले भने । यो प्लेटफर्मले देशमै रोजगारी सिर्जना गर्न र आर्थिक स्रोतलाई स्वदेशमै राख्न सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे । कोलावोरेटिभ क्याटलिस्ट प्रालिसँगको साझेदारीको औपचारिक घोषणा समेत कार्यक्रममा गरिएको छ । कम्पनीले सजिलोको हालैको लगानी सफल बनाउन महत्त्वपूर्ण योगदान पु¥याएको छ ।
सजिलो साथीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अमिर लामाले बजारमा उपलब्ध अन्य सेवा,सुविधाहरू भन्दा फरकपना उपलब्ध गराउने दाबी गरे । ‘हाम्रो प्रमुख चासो भनेको सुरक्षा हो,’ लामाले भने, ‘हामी चालकहरूलाई गर्वका साथ म राइड चालक हुँ भन्न सक्ने वातावरण बनाउन चाहन्छौं ।’