
सार्वजनिक यातायातको भाडा महंगिएको छ । सरकारले पुस २२ गते अथवा आजैबाट लागु हुने गरी भाडादर बढाएको । यातायात व्यवस्था विभागका अनुसार सार्वजनिक यातायातका यात्रुबाहक तथा मालबाहक सवारी साधन दुबैको भाडा वृद्धि गरेको हो
। यसअघि, २०८०को साउन ३१मा भाडा समायोजन गरिएको थियो।
आज तोकिएको नयाँ भाडा दर अनुसार यात्रुबाहक सवारी साधनको सवारी भाडा ३.३० प्रतिशतले बढेको छ । यसैगरी, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.८१ प्रतिशतले वृद्धि गराइएको छ ।
विभागका अनुसार तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा भने ०.०५ प्रतिशतले बढाउने निर्णय भएको छ
। त्यस्तै, यसपटक दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने (राष्ट्रिय स्तरका सार्वजनिक यातायातका रुटमा सञ्चालन हुने) सार्वजनिक यातायातका सवारीको भाडा समायोजन गरिएको छ ।