वासिङ्टन डिसी । अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा विमान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । यस्तै १८ जना घाइते भएका छन् । एउटा सानो विमान उडानको क्रममा भवनको छतमा ठोक्किएर दुर्घटनाग्रस्त बनेको समाचारमा उल्लेख छ ।

 फुलर्टन प्रहरीका प्रवक्ता क्रिस्टी वेल्सका अनुसार यो घटना बिहीबार दिउँसो भएको हो । ओरेन्ज काउन्टीको फुलर्टन सहरमा दिउँसो २ः०९ बजे यो दुर्घटना भएको हो । झन्डै २ सय जना काम  गरिरहेको एउटा फर्निचर बनाउने भवनको छतमा विमान ठोक्किएको थियो । घटनास्थलमा प्रहरी र दमकलले आगो नियन्त्रणमा लिएको वेल्सले बताएका छन् ।