लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफादेखि आफ्ना कम्पनीका शेयरधनीहरुमा वितरण गर्ने लाभांश घोषणा गरेको छ।
बैंकको सञ्चालक समितिको बैठकले सो आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ० दशमलव ५३ प्रतिशत नगद गरि कुल १० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ।