शिवम सिमेन्टले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफादेखि आफ्ना कम्पनीका शेयरधनीहरुमा वितरण गर्ने लाभांश घोषणा गरेको छ।
कम्पनीको सञ्चालक समितिको बैठकले सो आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको २.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थसहित १० प्रतिशत नगद गरि कुल १२ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
लाभांश र वार्षिक साधारणभा प्रयोजनार्थ कम्पनीले मंसिर ११ गते बुक क्लोज गर्ने निर्णय गरेकोले मंसिर १० गतेसम्म नेप्सेमा कारोवार गरि कायम शेयरधनीहरुले प्रस्तावित लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन सक्नेछन्।
प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीहरुलाई वितरण हुनेछ।