काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (२०७५ असोज ९ गते) का लागि विभिन्न विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १४२ रुपैयाँ २१ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ४० पैसा र बिक्रीदर १६७ रुपैयाँ १० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ ६५ पैसा र बिक्रीदर १९१ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ।
त्यस्तै, स्विस फ्र्याङ्क एकको खरिददर १७८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७८ रुपैयाँ ८९ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ५१ पैसा र बिक्रीदर ९३ रुपैयाँ ९१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ ४ पैसा र बिक्रीदर १०२ रुपैयाँ ४७ पैसा तोकिएको छ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ५४ पैसा र बिक्रीदर नौ रुपैयाँ ५८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८७ पैसा र बिक्रीदर १९ रुपैयाँ ९५ पैसा कायम गरिएको छ। त्यसैगरी, साउदी अरेबियन रियाल, कतारी रियाल, थाई भाट, युएई दिराम, मलेसियन रिङ्गेट, दक्षिण कोरियाली वन, स्विडिस क्रोनर, डेनिस क्रोनर, हङकङ डलर लगायतका मुद्राको खरिद तथा बिक्री दर पनि निर्धारण गरिएको छ।
उच्च मूल्य भएका मुद्रामा कुवेती दिनार एकको खरिददर ४६४ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४६६ रुपैयाँ ७२ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३७७ रुपैयाँ १७ पैसा, ओमनी रियाल एकको खरिददर ३६७ रुपैयाँ ८० पैसा र बिक्रीदर ३६८ रुपैयाँ ३६ पैसा रहेको छ।
यसैगरी, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैंकले तोकिएको यो विनिमय दर आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।