काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्ना कोषमा रहेको रकममध्ये करिब २ अर्ब ७१ करोड ८५ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थामा मुद्दति निक्षेपका रूपमा लगानी गर्ने भएको छ। यसका लागि बैंकहरुलाई असोज १० गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न आह्वान गरिएको छ।
कुल रकममध्ये वाणिज्य बैंकमा २ अर्ब १७ करोड ४९ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ४० करोड ७७ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा १३ करोड ५९ लाख रुपैयाँ निक्षेप गरिने राष्ट्र बैंकले जनाएको छ।
यो निक्षेप लगानी २०२५ अक्टोबर १४ देखि २०२६ अक्टोबर १४ सम्म ३६६ दिनका लागि रहनेछ।