काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दोर्दी खोला जविद्युत कम्पनीको १ करोड बढी कित्ता हकप्रद शेयर सूचीकृत भएको छ। नेप्सेमा दोर्दी खोला जलविद्युतको १ करोड ५ लाख ४२ हजार ६०५ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो। यो कम्पनीले गत वर्ष चैत १९ गतेदेखि वैशाख १४ गतेसम्म आफ्ना शेरधनीहरुलाई १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गरेको थियो।