हिमालयन ८०–२० म्युचुअल फन्डले १६.१६ प्रतिशत नगद लाभांश घोषणा

काठमाडौं । हिमालयन म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘हिमालयन ८०–२०’ योजनाले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ।

योजना व्यवस्थापक हिमालयन क्यापिटलको सञ्चालक समितिको बैठकले इकाइधनीहरुलाई करसहित १६.१६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। सो अनुसार, इकाइधनीहरुलाई लाभांश स्वरूप कुल १६ करोड १६ लाख रुपैयाँ वितरण गरिनेछ। लाभांश वितरणका लागि बुक क्लोजको मिति चाँडै नै सार्वजनिक गरिने क्यापिटलले जनाएको छ।