नबिल म्युचुअल फण्ड २ र ३ ले १३ प्रतिशत नगद लाभांश घोषणा

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको योजना व्यवस्थापनमा सञ्चालित नबिल ब्यालेन्सड् फण्ड २ र नबिल ब्यालेन्सड् फण्ड ३ ले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेका छन्।

दुवै फण्डले करसहित समान १३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेका हुन्। नबिल ब्यालेन्सड् फण्ड २ ले करिब १४ करोड ५६ लाख रुपैयाँ बराबरको प्रतिफल वितरण गर्नेछ भने नबिल ब्यालेन्सड् फण्ड ३ ले १६ करोड २५ लाख रुपैयाँ बराबरको प्रतिफल वितरण गर्नेछ।

लाभांश वितरण प्रयोजनका लागि भदौ २२ गते बुक क्लोज गरिएको छ। यसअनुसार भदौ १९ गतेसम्म कायम रहेका इकाईधनीले मात्र उक्त प्रतिफल पाउनेछन्।