काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार उच्च अंकले ओरालो लागेको छ।यो दिन नेप्से परिसूचक ३८.१० अंकले घटेर २,७८१ विन्दुमा झरेको हो। बजारमा गिरावट भए पनि नेप्सेका १३ उपसमूहमध्ये म्युचुअल फन्ड र विकास बैंकबाहेक बाँकी ११ उपसमूह घटेका छन्। म्युचुअल फन्ड समूह ०.१० प्रतिशतले बढ्दा विकास बैंक समूह भने २.३८ प्रतिशतले सबैभन्दा धेरै घटेको देखियो।
बिहीबार २४ कम्पनीको मात्रै शेयरमूल्य बढेको छ भने २२७ कम्पनीको मूल्य घटेको छ। यस दिन बजारमा ८ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ। सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ, जसको कारोबार ६५ करोड ४४ लाख रुपैयाँ पुगेको छ।
उच्च कारोबार गर्ने १० कम्पनी :
- नेपाल पुनर्बीमा कम्पनीः ६५ करोड ४४ लाख रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः ६० करोड ६९ लाख रुपैयाँ
- हिमालयन डिस्टिलरीः ३५ करोड ४ लाख रुपैयाँ
- शिवम सिमेन्टः २२ करोड ४२ लाख रुपैयाँ
- युनाइटेड मोदी हाइड्रोपावरः १९ करोड ४९ लाख रुपैयाँ
- चन्द्रागिरी हिल्सः १८ करोड ९० लाख रुपैयाँ
- लुम्बिनी विकास बैंकः १७ करोड ३७ लाख रुपैयाँ
- ङादी ग्रुप पावरः १५ करोड २५ लाख रुपैयाँ
- अरुण काबेली पावरः १४ करोड ६९ लाख रुपैयाँ
- बुटवल पावर कम्पनीः १४ करोड ८ लाख रुपैयाँ