काठमाडौं । आज शेयर बजार भारी अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक ५३ दशमलव ०१ अंकले बढ्दै २,८१९ विन्दुमा पुगेको छ । आज २३२ कम्पनीको शेयर मूल्य बढेको छ भने १९ कम्पनीको मूल्य घटेको छ । कुल ३२१ कम्पनीका १ करोड ४९ लाख ८६ हजार १४२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ, जसको कारोबार ६५ करोड ४२ लाख रुपैयाँ पुगेको छ । नेपाल पुनर्बीमा कम्पनीको कारोबार ५० करोड ५२ लाख रुपैयाँ र ग्रिन भेञ्चरको कारोबार ४६ करोड ५३ लाख रुपैयाँमा सीमित भएको छ ।
लाभ कमाउनेमा आज विकास हाइड्रोपावर अगाडि रहेको छ । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशत नाफा कमाए । त्यसैगरी, समता घरेलु लघुवित्तका लगानीकर्ताले ९.३६ प्रतिशत, ग्रिन भेञ्चरका लगानीकर्ताले ८.०८ प्रतिशत र क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले ७ प्रतिशत नाफा कमाएका छन् ।
उता, घाटा भोग्नेमा केबिएल डिबेञ्चर २०८६ अगाडि रह्यो । यसका इकाईधनीले ५.७९ प्रतिशतका दरले गुमाएका छन् ।