काठमाडौँ । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपीओको बाँडफाँड मिति तय भएको छ। कम्पनीका अनुसार भदौ १२ गते बिहीबार बिहान १० बजे आईपीओ बाँडफाँड हुने भएको हो।
कम्पनीले साउन ३० गतेदेखि भदौ ३ गतेसम्म आम सर्वसाधारणका लागि १ लाख ९५ हजार १ सय ९५ कित्ता शेयर निष्काशन गरेको थियो। यस आईपीओमा १९ हजार ५ सय १९ जनाले मात्र शेयर पाउनेछन्। यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि छुट्याइएको आईपीओ बाँडफाँड गरिसकेको थियो।
नेपाल धितोपत्र बोर्डले असार ५ गते स्वस्तिक लघुवित्तलाई आईपीओ निष्काशनको अनुमति दिएको हो। मधेश प्रदेशलाई कार्यक्षेत्र बनाएको यस लघुवित्तको केन्द्रीय कार्यालय सिराहामा रहेको छ।