काठमाडौँ । ग्लोबल आईएमई क्यापिटलले असोज १ गते होटल ले हिमालयमा साधारणसभा आह्वान गरेको छ। सभामा सञ्चालक समितिको प्रतिवेदन, वित्तीय विवरण तथा लाभांश पारित गर्ने लगायतका प्रस्ताव प्रस्तुत हुनेछन्।
क्यापिटलले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ, जसअन्तर्गत शेयरधनीलाई कर सहित नौ करोड सतासी लाख त्रियासी हजार रुपैयाँ वितरण गरिनेछ।
सभामा पारित हुन आउने अन्य प्रस्तावहरूमा सञ्चालक समितिको १८औं वार्षिक प्रतिवेदन पारित गर्ने, वित्तीय विवरण स्वीकृत गर्ने, आ.व. २०८२/८३ का लागि बाहृय लेखापरीक्षक नियुक्त गर्ने तथा स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने विषयहरू समावेश छन्।