रिभर फल्स पावरले भदौ २३ गतेदेखि हकप्रद निष्काशन गर्ने

काठमाडौँ ।  रिभर फल्स पावर लिमिटेडले भदौ २३ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले १:१ को अनुपातमा हाल कायम चुक्ता पुंजीको १०० प्रतिशतले हुन आउने ७० करोड रुपैयाँको ७० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले हकप्रद निष्काशनको लागि साउन २६ गते बुक क्लोज गर्ने निर्णय गरेकोले सो दिन भन्दा एक दिन अगाडीसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन्। शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ। नेपाल धितोपत्र बोर्डले साउन ९ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो। यस हकप्रदमा असोज १२ गतेसम्म आवेदन दिन सकिने छ।