काठमाडौं । शेयर बजार बुधबार सामान्य अंकले घटेको छ। यो दिन नेप्से परिसूचक ९.७० अंकले घटेर २७६७.२० को विन्दुमा झरेको हो। बजार घट्दा नेप्से उपसमूहमा रहेका २ वटा समूह बढेका छन् भने ११ वटा घटेका छन्। यो दिन होटल तथा पर्यटन समूह सर्वाधिक २.०३ प्रतिशतले बढ्दा व्यापार समूह सर्वाधिक १.०६ प्रतिशतले घटेको छ । यो दिन बजारमा ५९ कम्पनीको शेयरभाउ बढेको छ भने १८८ कम्पनीको घटेको छ। आज २ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।बजारमा आज करिब सवा ५ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ।