काठमाडौं । टाटा मोटर्सले यस वर्षको NADA अटो शो 2025 मा आफ्नो नवीनतम विद्युतीय सवारीसाधनहरूको श्रृंखला प्रस्तुत गर्दै प्रदर्शनीलाई विद्युतीय बनाएको छ। सिप्रदी ट्रेडिङ प्रा. लि.सँगको साझेदारीमा कम्पनीले Tiago.ev को नयाँ Arizona Blue रंग पहिलोपटक सार्वजनिक गरेको हो।
यस वर्ष प्रदर्शित प्रमुख EV मोडलहरूमा Curvv.ev, Nexon K3.ev, Punch.ev र Tiago.ev रहेका छन्। यी मोडलहरूमा आकर्षक डिजाइन, भविष्य–मैत्री प्रविधि र उत्कृष्ट प्रदर्शनको संयोजन रहेको कम्पनीको दाबी छ।
ग्राहकलाई आकर्षित गर्न टाटाले विशेष अफरहरू ल्याएको छ, जसअन्तर्गत देशव्यापी चार्जिङ नेटवर्कमा आजीवन निःशुल्क DC Fast Charging, आकर्षक Discounts, Best Exchange Valuation, ३ वर्षसम्म निःशुल्क Servicing, AutoPlus Insurance, निःशुल्क Accessories, १ वर्षको Vehicle Tax, घरमै निःशुल्क Charging Station Installation र Embossed Number Plate उपलब्ध गराइनेछ।
यस अवसरमा टाटा मोटर्सले नयाँ Safari पनि सार्वजनिक गरेको छ, जसमा ADAS, मेमोरी सिट, ड्युल-जोन क्लाइमेट कन्ट्रोल र टेरेन रिस्पोन्स मोड्सजस्ता प्रिमियम सुविधा रहेका छन्। यसको मूल्य रु. १२,१९९,००० बाट सुरु हुने कम्पनीले जनाएको छ।
Tata Passenger Electric Mobility Ltd. का इन्टरनेशनल बिजनेस प्रमुख यश खण्डेलवालले प्रस्तुत EV पोर्टफोलियोले नेपालमा दिगो र आधुनिक मोबिलिटीको भविष्यलाई अगाडि बढाउने बताए। त्यस्तै, सिप्रदी ट्रेडिङ प्रा. लि.का सिईओ राजन बाबु श्रेष्ठले यो प्रदर्शनीले नेपालमा विद्युतीय सवारीसाधन क्रान्ति अझ तीव्र बनाउने विश्वास व्यक्त गरे।
NADA अटो शो 2025 भदौ ३ देखि ८ गतेसम्म (August 19–24, 2025) काठमाडौंको भृकुटीमण्डपमा भइरहेको छ, जसमा टाटा मोटर्स र सिप्रदी ट्रेडिङले आफ्ना मोडल र अफरहरू नजिकैबाट हेर्न आमन्त्रण गरेका छन्।