स्वस्तिक लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन

स्वस्तिक लघुवित्तले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने आज भदौ ३ गते अन्तिम दिन रहेको छ। कम्पनीले साउन ३० गतेदेखि आम सर्वसाधारणको लागि आईपीओ बिक्री खुला गरेको हो।

कम्पनीले सर्वसाधारणलाई १ लाख ९५ हजार १ सय ९५ कित्ता शेयर निष्काशन गरेको हो। आवेदन दिंदा न्युनतम १० कित्ताको लागि दिनु पर्ने छ। यो आईपीओ १९ हजार ५ सय १९ जनालाई मात्र पर्ने छ । शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ। कम्पनीले यस अघि नै पहिलो चरणमा श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ।

नेपाल धितोपत्र बोर्डले असार ५ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। मधेश प्रदेश कार्य क्षेत्र रहेको यस लघुवित्तको केन्द्रीय कार्यालय सिराहामा रहेको छ।