सर्वसाधारणका लागि बन्दीपुर केवलकारको आईपीओ भदौ ११ बाट खुल्दै

बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले भदौ ११ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणलाई ४३ लाख ४१ हजार ८० कित्ता शेयर निष्काशन गर्न लागेको हो।

यस निष्काशनमा भदौ १५ गतेसम्म आवेदन दिन सकिने छ। आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि नेपाल एसबिआई मर्चेन्ट बिक्री प्रबन्धक रहेको छ।

कम्पनीले यस अघि नै आयोजना प्रभावित तनहुँ र गोरखा जिल्लाका स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई शेयर निष्काशन गरिसकेको छ। नेपाल धितोपत्र बोर्डले असार १९ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो। बोर्डबाट अनुमति पाएसंगै कम्पनीले कुल ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले तनहुमा केवलकार र होटेल संचालन गरिरहेको छ। केवलकार मार्फत बन्दीपुर गाउँपालिका–४ को डुम्रेबजार नजिकै केबलकारचोकबाट बन्दीपुर मन्दिरसम्म एक हजार सात सय मिटर दूरी ७ मिनेटमा पार गर्न सकिन्छ।