शेयर बजार  ९ दशमलव १६ अंकले उकालो, कारोबार ६ अर्ब १७ करोड नाघ्यो

काठमाडौं । आज नेप्से परिसूचक ९ दशमलव १६ अंकले बढ्दै २,७७० विन्दुमा पुगेको छ । बजारमा १७५ कम्पनीको शेयर मूल्य बढ्दा ७४ कम्पनी घटेको छ ।

आज दिनभरमा ३२० कम्पनीका १ करोड ५२ लाख २९ हजार ८२१ कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनीको शेयरमा २१ करोड ७५ लाख रुपैयाँको भएको छ । त्यसपछि बुटवल पावर कम्पनीमा २० करोड ९५ लाख र एनआरएनमा १८ करोड ७५ लाख रुपैयाँको कारोबार भएको छ ।

लाभ कमाउनेतर्फ यूनियन हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै ६.१० प्रतिशतको फाइदा उठाएका छन् । अपर साङगे हाइड्रोपावरले ५.९४ प्रतिशत र अपर लोहरे खोलाले ५.४३ प्रतिशतको वृद्धिदर देखाएका छन् । mउता, घाटा बेहोर्नेतर्फ सम्पदा लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै ४.८१ प्रतिशत गुमाएका छन् ।