काठमाडौँ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्काशन गरेको हकप्रद शेयरमा आवेदन दिन आज (भदौ २ गते) अन्तिम दिन भएको छ। कम्पनीले साउन ६ गतेदेखि हकप्रद शेयर निष्काशन सुरु गरेको थियो।
कम्पनीले १०:३.४७८३ को अनुपातमा ३४.७८३ प्रतिशतबराबर हाल कायम चुक्ता पुँजीअनुसार ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँ मूल्य बराबरका ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो।
यस प्रयोजनका लागि कम्पनीले जेठ ३० गते बुक क्लोज गर्ने निर्णय गरेको थियो। सोही कारण जेठ २९ गतेसम्म कायम रहेका शेयरधनीहरूले मात्र हकप्रदमा आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। नेपाल धितोपत्र बोर्डले जेठ ७ गते यस हकप्रद निष्काशनलाई अनुमति दिएको थियो। शेयर निष्काशनको बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।