काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको नयाँ विनिमय दर सार्वजनिक गरेको छ। यस अनुसार, अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४० रुपैयाँ ३९ पैसा कायम गरिएको छ। त्यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६४ रुपैयाँ २३ पैसा तोकिएको छ।
युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १९० रुपैयाँ २६ पैसा, स्वीस फ्र्यांक एकको खरिददर १७३ रुपैयाँ ३४ पैसा र बिक्रीदर १७४ रुपैयाँ ०८ पैसा निर्धारण भएको छ। अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ९६ पैसा र बिक्रीदर ९१ रुपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ १५ पैसा र बिक्रीदर १०१ रुपैयाँ ५९ पैसा, सिंगापुर डलर एकको खरिददर १०८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४१ पैसा कायम गरिएको छ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ५० पैसा र बिक्रीदर ९ रुपैयाँ ५४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १९ रुपैयाँ ५५ पैसा, साउदी रियाल एकको खरिददर ३७ रुपैयाँ २५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४१ पैसा निर्धारण भएको छ।
त्यस्तै, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५२ पैसा, थाई भाट एकको खरिददर ४ रुपैयाँ ३१ पैसा र बिक्रीदर ४ रुपैयाँ ३३ पैसा, यूएई दिराम एकको खरिददर ३८ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३८ रुपैयाँ २२ पैसा तोकिएको छ।
मलेसियन रिंगेट एकको खरिददर ३३ रुपैयाँ १८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३२ पैसा, दक्षिण कोरियाली वन १०० को खरिददर १० रुपैयाँ ०६ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४ रुपैयाँ ६९ पैसा निर्धारण भएको छ।
डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९२ पैसा र बिक्रीदर २२ रुपैयाँ ०२ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ८६ पैसा र बिक्रीदर १७ रुपैयाँ ९४ पैसा, कुवेती दिनार एकको खरिददर ४५७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४५९ रुपैयाँ ६३ पैसा कायम भएको छ।
यस्तै, बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ ७८ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ३७ पैसा, ओमानी रियाल एकको खरिददर ३६३ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३६५ रुपैयाँ १२ पैसा निर्धारण भएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैंकले तोकेको दरमा आवश्यकता अनुसार संशोधन गर्न सकिने र वाणिज्य बैंकहरूले तोक्ने दर फरक पर्न सक्ने जनाएको छ।