काठमाडौं। नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालले ‘नाडा अटो शो २०२५’को अवलोकनका लागि सभामुखलाई निमन्त्रणा प्रदान गरेको छ । नाडाले भदौ ३ गतेदेखि ८ गतेसम्म आयोजना हुने नाडा अटो शोको अवलोकनका लागि सभामुख देवराज घिमिरेलाई निमन्त्रणा गरेको हो ।नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेतीको नेतृत्वमा भेट्न गएको नाडाको टोलीले सभामुख घिमिरेलाई निमन्त्रणा दिएको हो । सभामुखलाई भेट्न गएको टोलीमा महासचिव उप्रेतीसहित कोषाध्यक्ष मिलनबाबु मल्ललगायत नाडाका प्रतिनिधि सहभागी थिए ।