सागर डिष्टिलरी लिमिटेडको पहिलो चरणको आइपिओमा आवेदन दिने आज भदौ १ गते अन्तिम दिन रहेको छ । कम्पनीले साउन २८ गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १ लाख ४५ हजार २ सय कित्ता शेयर निष्काशन गरेको हो ।
यस निष्काशनमा आज भदौ १ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ७ हजार कित्ताको लागि दिन सकिने छ । शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
नेपाल धितोपत्र बोर्डले साउन १२ गते कम्पनीलाई आईपीओ निष्काशन अनुमति दिएको हो । कम्पनीले जारी पुँजीको २० प्रतिशतले हुने १४ करोड ५२ लाख रुपैयाँको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्काशन गर्ने छ।
वि.सं. २०६९ सालमा सागर डिष्टिलरी लिमिटेडको संस्थापना भएको हो । यस कम्पनीको फ्याक्ट्री देवचुली, नवलपुरमा रहेको छ । सागर डिष्टिलरीले मदिराजन्य उत्पादनहरु तयार पार्दछ । कम्पनीले Royal Blue, Grey Wolf, / Berries & Blues लगायतका ब्राण्डको मदिरा उत्पादन गरिरहेको छ । कम्पनीले ‘नेप्से बुल्स’ र ‘द गभर्नर’ नामको नामको प्रिमियम व्हिस्की पनि उत्पादन गरिरहेको छ ।
कम्पनीकी अध्यक्ष अल्का गोयल हुन् भने अन्य संचालकमा आशुतोष खेतान, राजीव प्याकुरेल, र रतन कुमार चौधरी छन् । ज्योति दाहाल कम्पनीको स्वतन्त्र संचालक हुन् ।