स्वस्तिक लघुवित्तको आईपीओ सर्वसाधारणका लागि आजदेखि बिक्री खुला

 काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले साउन ३० गतेदेखि आम सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले १ लाख ९५ हजार १९५ कित्ता शेयर निष्काशन गरेको हो।

यस आईपीओमा भदौ ३ गतेसम्म आवेदन दिन सकिने छ भने न्यूनतम १० कित्ता खरिद गर्नुपर्नेछ। उपलब्ध शेयर संख्या अनुसार करिब १९ हजार ५१९ जनालाई मात्र शेयर पर्ने अनुमान गरिएको छ। यस निष्काशनको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट रहेको छ।

कम्पनीले यसअघि पहिलो चरणमा श्रम स्वीकृति लिएका वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई शेयर निष्काशन गरी बाँडफाँड गरिसकेको छ। नेपाल धितोपत्र बोर्डले असार ५ गते आईपीओ निष्काशनको अनुमति दिएको थियो। मधेश प्रदेशलाई कार्यक्षेत्र बनाएको यस लघुवित्तको केन्द्रीय कार्यालय सिराहामा रहेको छ।