नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्यो

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर रु १३९.७९ र बिक्रीदर रु १४०.३९ कायम भएको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर रु १६३.३५ र बिक्रीदर रु १६४.०५, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर रु १८९.८२ र बिक्रीदर रु १९०.६४, स्वीस फ्र्याङ्क एकको खरिददर रु १७३.४५ र बिक्रीदर रु १७४.१९ तोकिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर रु ९१.२१ र बिक्रीदर रु ९१.६०, क्यानेडियन डलर एकको खरिददर रु १०१.४२ र बिक्रीदर रु १०१.८५, सिङ्गापुर डलर एकको खरिददर रु १०९.११ र बिक्रीदर रु १०९.५८ कायम भएको छ।

जापानी येन (१०) को खरिददर रु ९.५४ र बिक्रीदर रु ९.५८, चिनियाँ युआन एकको खरिददर रु १९.५० र बिक्रीदर रु १९.५८, साउदी रियाल एकको खरिददर रु ३७.२६ र बिक्रीदर रु ३७.४२, कतारी रियाल एकको खरिददर रु ३८.३६ र बिक्रीदर रु ३८.५२ निर्धारण गरिएको छ।

यसैगरी थाई भाट एकको खरिददर रु ४.३२, युएई दिराम एकको रु ३८.०६, मलेसियन रिङ्गेट एकको रु ३३.१८, साउथ कोरियन वन (१००) को रु १०.०८, स्वीडिस क्रोनर एकको रु १४.६१, डेनिस क्रोनर एकको रु २१.८९, हङकङ डलर एकको रु १७.८३, कुवेती दिनार एकको रु ४५७.८०, बहराइन दिनार एकको रु ३७०.७७, ओमनी रियाल एकको रु ३६३.०९ र भारतीय रुपैयाँ १०० को खरिददर रु १६० र बिक्रीदर रु १६०.१५ कायम गरिएको छ।