काठमाडौँ । आज सबैभन्दा धेरै नेपाल रिपब्लिक मिडियाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । पञ्चकन्यामाई हाइड्रोका लगानीकर्ताले ५ दशमलव ५६ प्रतिशतका दरले कमाएका छन् । कुमारी सबल योजनाका इकाईधनीले ४ दशमलव ६३ प्रतिशतका दरले कमाएका छन् । राधि विद्युत कम्पनीका लगानीकर्ताले ४ दशमलव ४३ प्रतिशतका दरले कमाएका छन् ।