साताको अन्तिम दिन नेप्से २.६२ अंकले उकालो, ७ अर्ब ४६ करोडको कारोबार

काठमाडौं । साताको अन्तिम दिन आज शेयर बजार सामान्य वृद्धि भएर बन्द भएको छ। नेप्से परिसूचक २.६२ अंकले बढेर २,७८८ विन्दुमा कायम भएको हो। आज १०८ कम्पनीको शेयर मूल्य बढेको छ भने १४१ कम्पनीको मूल्य घटेको छ।

दिनभरमा ३२० कम्पनीका १ करोड ९२ लाख ५८ हजार ४४५ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनीको शेयरमा भएको हो, जसको कारोबार रकम ४७ करोड १७ लाख रुपैयाँ पुगेको छ। यसपछि एनआरएनको ४१ करोड ७७ लाख र बलेफि हाइड्रोको ३६ करोड ८४ लाख रुपैयाँको कारोबार भएको छ।

लाभकर्तामा नेपाल रिपब्लिक मिडियाका लगानीकर्ताले ९.९९ प्रतिशतको दरले सबैभन्दा बढी कमाएका छन्। पञ्चकन्यामाई हाइड्रोका लगानीकर्ताले ५.५६ प्रतिशत, कुमारी सबल योजनाका इकाईधनीले ४.६३ प्रतिशत र राधि विद्युत कम्पनीका लगानीकर्ताले ४.४३ प्रतिशत कमाएका छन्।

उता, सबैभन्दा धेरै घाटा एनआइसी एशिया फे्लेक्सी क्याप फन्डका इकाईधनीले बेहोरेका छन्, जसमा उनीहरूले ८.३१ प्रतिशतको दरले गुमाएका हुन्।