काठमाडौँ । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको आईपीओको बाँडफाँड आज बिहीबार बिहान ९:४५ बजे हुने भएको छ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले गोलाप्रथाबाट बाँडफाँड गर्ने तयारी गरेको हो।
कम्पनीले साउन १५ देखि १९ गतेसम्म आम सर्वसाधारणका लागि २४ लाख २३ हजार १ सय ८५ कित्ता शेयर बिक्रीमा ल्याएको थियो। माग भन्दा बढी आवेदन परेकोले बाँडफाँड लाटरी प्रणालीमार्फत हुनेछ।
यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरी बाँडफाँड गरिसकेको छ। दरमखोला हाइड्रो इनर्जी लिमिटेडले बागलुङको गलकोट नगरपालिका–११ मा ९.६ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्दैछ।