काठमाडौँ । एनआईसी एशिया क्यापिटलले आज साउन २९ गतेदेखि खुलामुखी सामुहिक लगानी कोष योजना (ओपन म्युचुअल फण्ड)को इकाई बिक्री खुला गरेको छ। क्यापिटलले एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालन हुने एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किमको इकाई निष्काशन गरेको हो ।
यस योजनाको आकार १ अर्ब रुपैयाँ अर्थात् १० रुपैयाँको दरले १० करोड इकाई रहेको छ। जस मध्ये १ करोड ५० लाख कित्ता कोष प्रबर्दक एनआईसी एशिया बैंकलाई छुट्याईएको छ। बाँकि रहेको ८ करोड ५० लाख इकाई मध्ये पहिलो चरणमा ५ करोड इकाई सर्वसाधारणमा बिक्री हुने छ।
आवेदन दिंदा न्युनतम १०० कित्ता र अधिकतम १ करोड कित्ताको लागि आवेदन दिन सक्ने छन् । यस निष्काशनमा छिटोमा भदौ २ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा भदौ १२ गतेसम्म आवेदन दिन सकिने छ। मेरोशेयर वा सीआश्वा सदस्य प्राप्त बैंक त्तहा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ। यो एनआईसी एशिया क्यापिटलको दोस्रो खुलामुखी म्युचुअल फण्ड हो।
यस स्किममा रेगुलर एसआईपी सुविधा, बुस्टर एसआईपी सुविधा, salary vantage सुविधा, mini sip सुविधा, ट्रान्सफर प्लान लगायतका विशेषता छन् । मिनी एसआईपी सुविधा कम आम्दानी हुनेका लागि हो, जहाँ मासिक कम्तिमा ५०० मै सहभागी हुन सकिन्छ । मिनी एसआइपी सुविधा नेपालमै पहिलो पटक सुरु हुन लागेको हो ।
त्यस्तै यो फण्डमा सिस्टमेटिक ट्रान्सफर प्लान (STP) को सुविधा रहेको छ । जसमा क्यापिटलले संचालन गरेको एउटा ओपन म्युचुअल फण्डको इकाई सिफ्ट गरेर अर्को ओपन म्युचुअल फण्डमा लैजान सकिन्छ, र अर्को फण्ड मै SIP लाई निरन्तरता दिन सकिन्छ। क्यापिटलले यस अघि एनआईसी एशिया डेट फण्ड नामको खुलामुखी म्युचुअल फण्ड संचालन गरिरहेको छ, जुन DEBT Debt Oriented फण्ड हो। सो फण्डले निश्चित प्रतिफल पाइने ऋणपत्र जस्ता उपकरणमा लगानी गर्छ।
सिस्टमेटिक ट्रान्सफर प्लान सुविधाले गर्दा इकाईधनीहरुलाई बजारको उतार चढाव अनुसार आफ्नो लगानी स्थानान्तरण गरी उचित लाभ लिन सक्नेछन्। उदाहरणको लागि एन आई सी एशिया क्यापिटलले संचालन गर्न लागेको यस योजना एन आई सी एशिया इक्वीटी लिङ्कड इनभेष्टमेण्ट स्किममा आवद्ध इकाईधनीको लगानी रु.१,००,०००÷– बराबरको इकाई रहेको र एन आई सी एशिया क्यापिटलबाट संचालित एन आई सी एशिया डाइनामिक डेप्ट फण्डको इकाई खरिद गर्न उपयुक्त लागेमा क्त्ए सुविधा अन्तर्गत उक्त समयमा कायम खुद सम्पत्ति मुल्यमा डेप्ट फण्डको इकाई खरिद गर्न सक्नेछन्। सिस्टमेटिक ट्रान्सफर प्लान पनि नेपालमा पहिलो पटक सुरु हुन लागेको हो ।
यस योजनाको संकलित रकम मध्ये अधिकांश रकम धितोपत्रको दोस्रो बजारमा सूचिकृत कम्पनीहरू मध्ये भविष्यमा राम्रो प्रतिफल दिन सक्ने कम्पनीहरू छनौट गरी लगानी गरिने जनाइएको छ । यस योजनामा संकलित रकम लगानी गर्दा २० देखि ७५ प्रतिशतसम्म प्राथमिक शेयर निष्काशन गरेका कम्पनी र धितोपत्रको दोस्रो बजारमा सूचिकृत कम्पनीहरूमा, योजना आकारको बढीमा १५ प्रतिशत रकम स्थिर आय हुने उपकरणहरूमा तथा १५ प्रतिशत रकम माग तथा अल्प सूचनामा आय हुने उपकरणहरूमा लगानी गरिने क्यापिटलले उल्लेख गरेको छ।
यो फण्डले पहिलो वर्ष १० प्रतिशत, दोस्रो वर्ष ११ प्रतिशत, तेस्रो वर्ष १२ प्रतिशत, चौथो वर्ष १३ वर्ष र पाँचौ वर्ष १४ प्रतिशत लाभांश वितरण गर्ने प्रक्षेपण गरेको छ । क्यापिटलको पहिलो खुलामुखी योजना हरेक वर्ष लाभांश दिने एक मात्र खुलामुखी योजना हो ।