दिव्य ज्योति हाइड्रो अपि पावरमा विलय, ५० मेगावाटको नयाँ आयोजना निर्माण हुने

काठमाडौँ ।अपि पावर लिमिटेडले दिव्य ज्योति हाइड्रोपावर प्राईभेट लिमिटेड कम्पनी प्राप्ति गरेको छ। अपि पावरको साउन २७ गते बसेको संचालक समितिको बैठकले सो कम्पनी र सो कम्पनीले प्रवर्द्धन गरिरहेको ५० मेगावाट क्षमताको मर्स्याङ्गदी बेसी जलविद्युत आयोजना प्राप्ती गर्ने निर्णय गरेको हो।

आर्थिक तथा प्राविधिक दृष्टिकोणबाट सो आयोजना निर्माण तथा संचालन गर्न मनासिब देखिएको हुँदा उक्त कम्पनी प्राप्ती गर्ने निर्णय गरिएको अपि पावरले जनाएको छ । उक्त कम्पनीमा विद्यमान शेयरधनीहरुको सम्पूर्ण शेयर अपि पावर कम्पनी लिमिटेडले खरिद गरी कम्पनी व्यवस्थापन पूर्ण रुपमा अपि पावर कम्पनी लिमिटेडको स्वामित्वमा रहनेगरी कम्पनी संचालन गर्ने निर्णय बैठकले गरेको छ ।

साथै अपि पावर कम्पनी लिमिटेडले उक्त दिव्य ज्योति हाइड्रोपावर प्राईभेट लिमिटेड प्राप्ती गर्नको लागि पूर्णअधिकार सहित कम्पनीका कार्यकारी संचालक संजिव न्यौपानेलाई पक्षहरु बिच गर्ने करारनामाको मस्यौदा तथा शर्तहरु निर्धारण गर्ने तथा करारनामामा हस्ताक्षर गर्ने अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ।