नेपाल माइक्रो इन्स्योरेन्सका शेयरको लकइन अवधि भदौ तेस्रो सातामा अन्त्य हुने

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका १ लाख १२ हजार ५०० कित्ता साधारण शेयरको लकइन अवधि आगामी भदौ २२ गतेबाट समाप्त हुने भएको छ।

कम्पनीले आज सार्वजनिक सूचना जारी गर्दै सामूहिक लगानी कोष समूहको नाममा रहेका यी शेयरहरू लकइन अवधि पूरा भएपछि कारोबारयोग्य हुने जानकारी दिएको हो। नेपाल धितोपत्र बोर्डको २०८० कात्तिक २० गतेको निर्देशन अनुसार, धितोपत्र बाँडफाँट भएको मितिदेखि सामूहिक लगानी कोषले प्राप्त गर्ने साधारण शेयरहरू ६ महिनासम्म लकइनमा राख्नुपर्ने प्रावधान लागू हुन्छ।