शेयर बजारमा आज सबैभन्दा धेरै कारोबार भएका शीर्ष १० कम्पनी

काठमाडौं । शेयर बजार मंगलबार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक २६.२२ अंकले घटेर २७९६.२४ को विन्दुमा झरेको छ। यो दिन बजारमा होटल तथा पर्यटन समूहमात्रै बढेको छ भने १२ वटा समूह घटेका छन्। होटल समूह १.३२ प्रतिशतले बढ्दा वित्त समूह सर्वाधिक १.५३ प्रतिशतले घटेको छ। आज बजारमा २४ कम्पनीको शेयरभाउ बढेको छ भने २२५ कम्पनीको घटेको छ। यो दिन एउटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ। बजारमा आज ६ अर्ब ९१ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी