दोहोरो अंकको गिरावट सहित शेयर बजार बन्द, करिब ७ अर्बको कारोबार

काठमाडौं । आज पनि शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक २६.२२ अंकले घटेर २,७९६ विन्दुमा पुगेको छ। आज २४ कम्पनीको शेयर मूल्य बढेको छ भने २२५ कम्पनीको शेयर मूल्य घटेको छ।

दिनभरमा ३२३ कम्पनीका १ करोड ७६ लाख ७१ हजार ६७५ कित्ता शेयर किनबेच हुँदै ६ अर्ब ९१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनीको २६ करोड ७७ लाख रुपैयाँको भयो। त्यसपछि हिमालयन रिइन्स्योरेन्सको २३ करोड ९६ लाख रुपैयाँ र लुम्बिनी विकास बैंकको २० करोड २६ लाख रुपैयाँको कारोबार भयो।

मुनाफा गर्नेमा आज सिटि होटल अगाडि रह्यो, जसका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाए। त्यसपछि समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ४.३४ प्रतिशत र हिमालयन बैंक बोन्डका इकाईधनीले ४ प्रतिशतका दरले लाभ पाए। उता, घाटा भोग्नेमा सिक्लेस हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए। उनीहरूले आज ९.९९ प्रतिशतका दरले पूँजी गुमाएका छन्।