रुरु जलविद्युतको कम्पनी सचिवमा किशोर प्रसाद घिमिरे नियुक्त
काठमाडौँ ।  रुरु जलविद्युत परियोजनाले कम्पनी सचिव पदमा किशोर प्रसाद घिमिरेलाई नियुक्त गरेको छ। कम्पनीको साउन २३ गते बसेको सञ्चालक समितिको बैठकले घिमिरेको नियुक्ति निर्णय गरेको हो, जसअनुसार यो नियुक्ति साउन २९ गतेबाट लागू हुनेछ। साउन २९ गतेबाट रिक्त हुन लागेको उक्त पदमा घिमिरेलाई आगामी चार वर्षका लागि जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ।