बुङ्गल हाइड्रोको वैदेशिक रोजगारीको आईपीओ बाँडफाँट सम्पन्न

 काठमाडौँ । बुङ्गल हाइड्रो लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओको बाँडफाँट सम्पन्न गरेको छ। बिक्री प्रबन्धक हिमालयन क्यापिटलका अनुसार साउन २६ गते गोलाप्रथाबाट बाँडफाँट गरिएको हो।

कम्पनीले असार २९ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख ७ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको थियो। रितपूर्वक आवेदन दिने सबैलाई लाट्री प्रणालीमार्फत शेयर वितरण गरिएको हो।

यसअघि आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरिएको आईपीओको बिक्री बन्द भइसकेको छ। स्थानीयको बाँडफाँट पछि कम्पनीले अब आम सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने तयारी गरेको छ।

बुङ्गल हाइड्रोले बझांगमा १०.७ मेगावाट क्षमताको सानीगाड जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०८० भदौ २ गतेदेखि व्यापारिक उत्पादन सुरु गरेको छ। कम्पनीका अध्यक्ष शिव प्रसाद घिमिरे हुन् भने अन्य सञ्चालकमा राजेश कुमार श्रेष्ठ, खगेश्वर बोहोरा, विरेन्द्र बहादुर मल्ल लगायत रहेका छन्। बुङ्गल हाइड्रो लिमिटेड एसजी ग्रुपअन्तर्गतको कम्पनी हो।