काठमाडौं । सिद्धार्थ म्युचुअल फन्डअन्तर्गतका तीन बन्दमुखी योजनाले इकाइधनीलाई न्यूनतम १७ प्रतिशतदेखि अधिकतम २० प्रतिशतसम्म लाभांश वितरण गर्ने घोषणा गरेका छन्।
सिद्धार्थ इक्वीटी फन्ड र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ ले २० प्रतिशतका दरले लाभांश दिने भएका छन् भने सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–३ ले १७ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ।
यी योजनाहरूको व्यवस्थापन सिद्धार्थ क्यापिटल लिमिटेडले गर्दै आएको हो। लाभांश वितरणका लागि आवश्यक बुक क्लोज मिति भने पछि सार्वजनिक गरिने बताइएको छ। यससँगै हालसम्म कुल २० वटा म्युचुअल फन्डहरूले आफ्ना इकाइधनीलाई लाभांश घोषणा गरिसकेका छन्।