शेयर बजार घटे पनि कारोबार उच्च

काठमाडौं । शेयर बजार सोमबार उच्च अंकले घट्दै नेप्से परिसूचक २७.९० अंकले तल झरेर २८२२.४६ विन्दुमा बन्द भएको छ। उपसमूह सूचकमा २ समूह बढ्दा ११ समूह घटेका छन्। अन्य समूह ०.३१ प्रतिशतले बढेको छ भने लघुवित्त समूह सबैभन्दा धेरै २.३५ प्रतिशतले ओरालो लागेको छ।

आज ३० कम्पनीको शेयरभाउ बढेको छ भने २२० कम्पनीको घटेको छ। बजारमा करिब सवा १० अर्ब रुपैयाँको कारोबार भएको छ, जुन गत बिहीबारको तुलनामा बढी हो। सर्वाधिक कारोबार शिवम सिमेन्टको ५३ करोड ८८ लाख रुपैयाँको भएको छ।

रिभर फल्स पावरको शेयर करिब १० प्रतिशतले बढेर ४०६.१० रुपैयाँ पुगेको छ। विपरीत, उन्नति सहकार्य लघुवित्तको शेयर करिब ८ प्रतिशतले घट्दै २२४६.२८ रुपैयाँमा झरेको छ