सुन र चाँदीको मूल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा कमी आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको मूल्य प्रतितोला १,१०० रुपैयाँले घटेर १ लाख ९८ हजार १०० रुपैयाँमा पुगेको छ। अघिल्लो दिन अर्थात आइतबार छापावाल सुन प्रतितोला १ लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ। सोमबारको बजारमा चाँदी प्रतितोला २,३१५ रुपैयाँमा कारोबार भएको छ, जबकि आइतबारको मूल्य २,३३० रुपैयाँ थियो।