काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडले आज साउन २६ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणलाई १२ लाख ४८ हजार ९ सय ४ कित्ता शेयर निष्काशन गरेको हो।
यस निष्काशनमा साउन २९ गतेसम्म आवेदन दिन सकिने छ। आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
कम्पनीले यस अघि नै संखुवासभाका आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन बाँडफांड गरिसकेको छ । यस कम्पनीमा एशियन लाइफ इन्स्योरेन्सको २५ प्रतिशत, गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्सको २० प्रतिशत, र राजेश लाल श्रेष्ठको ११ प्रतिशत लगानी रहेको छ। यद्यपि आईपीओ निष्काशन पछि उनीहरुको स्वामित्व घट्ने छ।
कम्पनीले संखुवासभामा ४.९५ मेगावाटको अपर पिलुवाखोला ३ जलविद्युत आयोजना निर्माण गरिरहेको छ।