सारथी केवल इन्डष्ट्रीजको साधारणसभा आह्वान

सारथी केवल इन्डष्ट्रीज लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले भदौ ११ गते रुपन्देही स्थित आफ्नै कार्यालयमा सभा बोलाएको हो।

सभामा कम्पनीको चुक्ता पुँजी वृद्धि गर्ने, प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, आईपीओ निष्काशन गर्ने लगायतका विशेष प्रस्ताव पेश हुने छन्। कम्पनीले आईपीओ निष्काशन गर्नको लागि सिटिजन्स क्यापिटलसँग सम्झौता गरिसकेको छ । कम्पनीले जारी पुँजीको २० प्रतिशत आईपीओ निष्काशन गर्न योजना बनाएको छ । सारथी केवलले विगत १८ वर्षदेखि नेपालमै केवल तथा तार उत्पादन गर्दै आएको छ । कम्पनीले Multi-Strand Cable, Power Cable, Concentric Cable र ACSR Conductor उत्पादन गर्दै आएको छ ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु :

साधारण प्रस्ताव:

क) संचालक समितिको तर्फबाट संचालक समितिका अध्यक्षले प्रस्तुत गर्ने हुने आ.ब. ०८१/०८२ को बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।

ख) लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व ०८१/०८२ को लेखापरिक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका बित्तिय बिवरण उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।

ग. आ.ब. २०८२/०८२ को लागि लेखापरीक्षक नियुक्ती तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धमा ।

घ) संचालक समितिबाट भए गरेका निर्णयहरु अनुमोदन गर्ने सम्बन्धमा ।

ङ) कम्पनी सचिवको नियुक्ती तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धमा ।

च) बिबिध ।

विशेष प्रस्तावहरू:

क) सर्वसाधारणमा कम्पनिको साधारण शेयर सार्वजनिक निष्काशन गर्ने सम्बन्धमा तथा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न/गराउन सञ्चालक समितिलाई अख्तियारी दिने सम्बन्धमा ।

ख) कम्पनिको पुँजी वृद्धि गर्ने तथा प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बनधमा ।

ग) नियामक निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा कुनै संशोधन, थपघट वा परिमार्जन गर्नको लागि राय सुझाव वा निर्देशन प्राप्त भएमा सोही बमोजिम आवश्यक सम्पुर्ण कार्य गर्न/गराउनको लागि सञ्चालक समितिलाई अख्तियारी दिने सम्बन्धमा ।