आज बिहिबार सुनको भाउ स्थिर छ । बुधबार प्रतितोला १ लाख ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ७० हजार ९५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला २ हजार ३ सय १५ रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ९ सय ८५ रुपैयाँ तोकिएको छ ।