प्रधानमन्त्री ओली र तुर्कमेनिस्तानका राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं । भूपरिवेष्टित विकासशील राष्ट्रहरूको ९ीीम्ऋक० तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली र तुर्कमेनिस्तानका राष्ट्रपति सरदार बेरदिमुहामेदोभबीच भेटवार्ता सम्पन्न भएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, सम्मेलनमा सहभागी हुन तुर्कमेनिस्तानको आवाजा पुगेका प्रधानमन्त्री ओलीले राष्ट्रपति बेरदिमुहामेदोभसँग द्विपक्षीय हित र सम्भावित सहयोगका क्षेत्रहरू बारे विचारविमर्श गरेका थिए।

यसअघि प्रधानमन्त्री ओलीले सम्मेलनअन्तर्गत आयोजित सहकार्यसम्बन्धी सत्रमा सम्बोधन गर्दै भूपरिवेष्टित राष्ट्रहरूबीच क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकार्य सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।