काठमाडौं । आज नेपाल शेयर बजार सामान्य रूपमा ओरालो लागेको छ । कारोबारको अन्त्यमा नेप्से परिसूचक १.९४ अंकले घटेर २,८३२ बिन्दुमा झरेको छ ।
आज ११२ कम्पनीको शेयर मूल्य बढ्दा १३८ कम्पनीको घटेको छ । कुल ३२० कम्पनीका २ करोड १६ लाख ५७ हजार ७०६ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब ६३ करोड रुपैयाँभन्दा बढी पुगेको छ ।
कारोबार रकमको हिसाबले आज ङादी ग्रुप पावर अग्रस्थानमा रह्यो, जसको २९ करोड ४५ लाख रुपैयाँको शेयर किनबेच भयो । त्यसपछि हिमालयन रिइन्स्योरेन्सको २८ करोड २ लाख, शिवम् सिमेन्टको २४ करोड १९ लाख, र एनआरएन इन्फ्राको २३ करोड ८४ लाख रुपैयाँको कारोबार भएको छ ।
आज लगानीकर्तालाई सबैभन्दा बढी लाभ दिने कम्पनी विन नेपाल लघुवित्त वित्तीय संस्था रह्यो, जसका शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भयो । यस्तै, महुली लघुवित्त र ट्रेड टावर कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशत लाभ कमाए भने समाज लघुवित्तका लगानीकर्ताले ७.७३ प्रतिशतले नाफा कमाए । यता, थ्रि स्टार हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी घाटा बेहोर्नु परेको छ । आज यस कम्पनीको शेयर मूल्य ३.७८ प्रतिशतले घटेको हो ।